स्थानीय तहमा बजेटलाई सदुपयोग गरिए पाँच वर्षमा राष्ट्रकै मुहार फेरिने -मन्त्री उपेन्द्र यादव

पर्सा, ५ असार- उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्थानीय तहमा गएको बजेटलाई सदुपयोग गरिए पाँच वर्षमा राष्ट्रकै मुहार फेरिने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले हालसंघीय सरकार, प्रदेशिक सरकारले स्थानीय तहमा पठाएको बजेटलाई इमान्दारीपूर्वक पूर्वाधार विकासमा खर्च गरिए मलुकको मुहार फेरिन पाँच वर्ष पनि नलाग्ने दाबी गर्नुभयो ।

संघीय समाजवादी फोरम (नेपाल)पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै फोरम नेपालका राष्ट्रिय अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले स्थानीय तहमा आउने करोडौँ रुपैयाँलाई अब इमान्दारीपूर्वक पूर्वधार विकासमा खर्च गरी राष्ट्र निर्माण गर्ने बेला आएकाले सबैलाई विकासका लागि एकजुट हुन आह्वान गर्नुभयो ।

उहाँले आर्थिक समृद्ध हासिल गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि तयारी गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लामो समयको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षलाई संस्थागत गर्दै मुलुकलाई समृद्धिको बाटोमा डो¥याउँदै बाँकी रहेका अधिकारका लागि शक्ति सञ्चय गर्नु आजको आवश्यकता हो ।’’
पन्ध्र श्ययासम्मको स्वास्थ्य चौकी वा अस्पताललाई स्थानीय तहकै जिम्मा र सोभन्दा बढी श्ययाका अस्पताललाई प्रदेश सरकारको जिम्मा दिने गरी केन्द्र सरकारले नीति ल्याउन लागेको मन्त्री यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here