स्थानीय तहको निर्वाचनपछि १३ लाख भन्दा वढि मतदाता थपिए

काठमाडौं,२५ कार्तिक–स्थानीय तहको निर्वाचनताका कायम रहेका मतदाता भन्दा आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभरि १३ लाख ५५ हजार मतदाता वढेका छन ।

स्थानीय तहको निर्वाचनमा देशभर १ करोड ४० लाख ७२ हजार ४ सय २४ मतदाता रहेकामा हाल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३५ पुगेको छ ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनपछि १३ लाख ५५ हजार ५ सय १४ जना नयाँ मतदाता थपिएको उल्लेख गरेको छ । आयोगले गत ५ भदौसम्ममा १८ वर्ष पुगेकालाई मतदानका लागि मतदाता नामावलीमा राखेको छ ।

पहिलो चरणको निर्वाचहुने ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै छ । जसमा ३१ लाख ९१ हजार ९ सय ४५ जना मतदाता रहेका छन ।

त्यस्तै दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुनेछ । जसमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० जना मतदाताले मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here