स्थानीय तहको अधिकारमाथि केन्द्रको हस्तक्षेप,७७ जिल्लामा शिक्षक नियुक्ती

काठमाडौं,८ बैशाख । शिक्षा मन्त्रालयले स्थानीय सरकारको अधिकारमा हस्तक्षेप गर्दै करारमा शिक्षक नियुक्ति गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई सर्कुलर गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा करार शिक्षक नियुक्ति गर्न निर्देशन दिएको हो।

संविधानले आधारभूत र माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई दिएको छ। केन्द्रको सर्कुलरप्रति गाउँपालिका महासंघ र नगरपालिका संघले आपत्ति जनाएका छन् ।

उनीहरूले स्थानीय सरकारको अधिकारमा संघीय मन्त्रालयले हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। आजको कान्तिपुर दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here