काठमाडौं,११ जेठ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभएको छ । आज पार्टी कार्यालय पेरिसडाडाँमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमममा बोल्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनले कसैले उल्टाउन नसक्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनु भयो ।
उहाँले भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकाले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । उहाँले पार्टी प्रवेश गर्नेलाई परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि योगदान गर्न सुझाव दिनुभएको थियो । नेता टिआर खम्बु, नयाँ शक्तिका नेताहरु डा. चेतकुमारी गुरुङ, डा. चन्द्र लक्जम्बा लगायतका केन्द्रीय नेता प्रवेश गर्नुभएको हो ।
प्रवेश गर्ने अन्य नेताहरुमा नेकपाका केन्द्रीय नेताहरु बिरेन्द्र राई, प्रकाश राई, धिरज राई, बहुदलकाजी राई, केशर थुलुङ, लक्ष्मीबहादुर बस्नेत, बिनोद सुब्बा, जीवन सुनुवार, आशिष पौडेल, देवेन्द्र कार्की, प्रदिप बस्नेत, संघीय समाजवादी फोरमका नेताहरु दीपक झा, खबिराज राई, खम्बुवान् राष्ट्रिय मोर्चाका नेताहरु राज्य राई, गोरख राई, गणेश भण्डारी, अनिता तामाङ, सागर दराई, सन्देश राई, अमन राना, मनिषा सुनुवार, बिशाल दराई, मोहन राई, सागर राई, अरुण राई, मोनिका राई, देवेन्द्र खवास, मनिषा श्रेष्ठ, इन्द्र सुनुवार रहनुभएको छ ।
माओवादी केन्द्र प्रवेश गर्दै नेता लिम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादमा पुग्ने बताउनुभयो ।
पार्टी प्रवेश गर्दै नयाँ शक्तिका नेता डा. लक्जम्बा र डा. गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।

