स्क्वास खेलाडी छनोट

काठमाडौँ, २९ फागुन: आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश नं ३ बाट स्क्वास खेलाडी छनोट भएका छन् । प्रदेशबाट चार पुरुष तथा चार महिला खेलाडी छनोट भएको प्रदेश नं ३ खेलकूद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो ।

पुरुषतर्फ काठमाडौँका प्रवीणवीरसिंह कंसाकार, ललितपुरका राजेन्द्र शाक्य, काभ्रेका अमिर ब्लोन र ललितपुरका विनोदरत्न शाक्य तथा महिलातर्फ रामेछापकी भावना सुनुवार, काभ्रेकी विपना ब्लोन, ललितपुरकी स्वस्थानी श्रेष्ठ र रामेछापकी मञ्जिला मगर छनोट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here