स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु

दाङ, ६ साउन– दाङको राप्ती गाउँपालीका वडा नं १ भालुवाङ्गमा अज बिहान स्कुटर दुर्घटना हुदा दुई जनाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।

लु ३२ प ९४८ नम्वरको स्कुटर दुर्घटना भएको अवस्थामा भेटीएको र घटना स्थलमा दुई जना पुरुष ब्यक्ति को शव रहेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख रविन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ ।

मृतकहरुको पहीचान हुन सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here