प्रदेश ३ मा सैद्धान्तिक पक्ष र उच्च प्राथमिकताका विषय टेबुल

हेटौँडा, ३ जेठ-प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आगामी आव २०७५÷०७६ का लागि आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेटको सैद्धान्तिक पक्ष र उच्च प्राथमिकताका विषयमा प्रस्तुत गरिएको प्रस्तावनालाई टेबुल ग¥यो ।

बैठकमा विभिन्न दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले विनियोजित बजेटको सैद्धान्तिक पक्षमा आ आफ्नो सुझाव प्रस्तुत गर्दै गरिबी निवारणका लागि गरिबको वास्तविक तथ्याङ्क लिई उनीहरुका लागि आत्मनिर्भर हुने खालका कार्यक्रम तर्जुमा गर्नुपर्ने, मेडिकल शिक्षालाई सुलभ, सहज तुल्याउन सरकारले कार्यदल गठन गरेर विपन्न नागरिकका छोराछोरीले पनि मेडिकल शिक्षालाई अध्ययन गर्न पाउने अधिकारको ग्यारेण्टी गर्ने ऐन कानून बनाइनुपर्दछ भन्नुभयो ।

उनीहरुले विनियोजित बजेटमा उल्लेख भए पनि प्रदेशअन्तर्गतका १३ जिल्लास्थित ऐतिहासिक गढीको पहिचान गरेर त्यहाँ भौतिक पूर्वाधारको निर्माण गरी विदेशी पर्यटक भित्र्याउन प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदैं प्रदेश नं. ३ का सिन्धुली, मकवानपुर र चितवनलगायत जिल्ला राष्ट्रपति चुरे कार्याक्रममा समेट्न नसकिएकाले त्यसतर्फ आगामी बजेटमा कार्यक्रम समावेश गर्नुपर्ने बताउनुभयो ।

जग्गाको लालपुर्जा नभएकाले भूकम्पपीडित जनताले तत्काल घरको नक्सापास गर्न नसकेको उल्लेख गर्दै उनीहरुले कृषिमा आधुनिकीकरण, माछामासुको उत्पादनमा वृद्धि र जलविद्युत् उत्पादनका लागि स्वदेशी लगानीकर्तालाई सुविधायुक्त सेवा दिनुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here