सेवासुविधाको माग गर्दै नर्सहरु आन्दोलित

काठमाडौं,११ बैशाख । आफ्नो सेवासुविधाबारे ८ बुँदे माग राख्दै आन्दोलनरत नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रमा तालाबन्दी गरेका छन् । अस्पतालको सेवा ठप्प हुँदा विरामीहरु मारमा परेका छन् ।

उनीहरुले आज साँझबाट इमर्जेन्सी र आईसीयू बाहेक सबै सेवा ठप्प पारेर अस्पतालमा ताला लगाएका हुन् । ७, ८ महिनासम्म झुलाउने मात्र काम भएको भन्दै आन्दोलनमा होमिएको उनिहरुको भनाई छ ।

नर्सहरुले ग्रेडिङ सिस्टममा जानुपर्ने, सिनियरहरुलाई इञ्चार्जको जिम्मेवारी दिनुपर्ने लगायतका माग राखेका छन् ।

तर, अस्पतालका प्रमुख पुकारचन्द्र श्रेष्ठ लगायतले आफ्ना मान्छेहरुलाई मात्र अगाडि बढाएको आन्दोलनरत नर्सहरुको आरोप छ । माग पुरा नभएसम्म आन्दोलन गर्ने नर्सहरुको अडान लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here