सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं,१९ चैत । आज सेयरबजारमा दोहोरो अंकको सुधार आयो । कारोबार पनि आधा अर्ब पुग्यो । बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर ११ सय ६३ अंकमा पुग्यो । निर्जीवन बिमा र जलविद्युत्बाहेक कारोबार भएका अरु समूह सकारात्मक रहेसँगै नेप्से सुधारिएको हो । जीवनबिमा समूहमा सबैभन्दा उच्च ३८ अंकको वृद्धि आयो । होटल र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले उकालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका १८ लाख ९३ हजार कित्ता सेयर ५० करोड रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here