सेयर कारोबारमा भारी वृद्धि

काठमाडौं,९ बैशाख । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचंकमा भारी वृद्धि भई १ अर्ब ३ करोड ६९ लाख ३२ हजार ७३२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचंक ३१ दशमलव ८९ अकंले बढेर १ हजार २ सय ६४ दशमलव २० मा पुगेर आइतबारको कारोबार बन्द भएको हो ।

वैशाख सुरु भएदेखि नै निरन्तर रूपमा वृद्धि हुँदै आएको सेयर कारोबार आइतबार १ सय ७१ कम्पनीका ३३ लाख ७५ हजार १५३ कित्ता सेयरको बजार पुँजीकरण १५ खर्ब ६३ अर्ब ५४ करोड ६४ लाख २ हजार रुपैयाँ छ । अहिले केही कम्पनीले तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरिरहेका छन् र उनीहरूको वित्तीय विवरण पनि राम्रो आइरहेको छ । विभिन्न कम्पनीको बोनस सेयर र हकप्रद सेयरका लागि बुक क्लोज हुने हुँदा बजारमा प्रत्यक्ष प्रभाव परेको सेयर बजार विश्लेषक ज्योति दाहालको भनाइ छ ।
पछिल्लो एक साताको अवधिमा सेयर बजार परिसूचंक ७५ अंक वृद्धि भएपछि लगानीकर्ता उत्साहित भएका छन् । नेप्सेको तथ्यांक हेर्दा विगत ४ महिना (डिसेम्बर)यता सेयर बजार निरन्तर घटिरहेको थियो । आइतबार सेयर बजारको कारोबार पछिल्लो ४ महिनायताकै उच्च बिन्दुमा छ ।

कारोबारमा आएका १० उपसमूहमध्ये दुई उपसमूहमा गिरावट आएको छ । बाँकी ८ उपसमूहमा वृद्धि भएको छ । बंैकिङ ४५ दशमलव ९४, होटेल ३४ दशमलव ८, विकास बैंक १६ दशमलव ९७, जलविद्युत् ८ दशमलव ८७, वित्त २ दशमलव १३, जीवन बिमा २२ दशमलव २५, लघुवित्त २६ दशमलव ९१ र अन्य समूह ९ दशमलव ७ अंकले आइतबार वृद्धि भएको छ भने निर्जीवन बिमा समूहतर्फ ७ दशमलव २२ र उत्पादन तथा प्रशोधन समूहतर्फ ११ दशमलव ९२ अंकले घटेका छन् ।

आइतबारको बजारमा नेपाल बैंकको सर्वाधिक १४ करोड ९४ लाख ५१ हजार ६५४ रुपैयाँबराबरको कारोबार भएको छ । साथै कारोबार रकमका आधारमा क्रमशः एनआईसी एसिया, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सिभिल बैंक, एनएमबी बैंक, प्रभु बैंक, जनता बैंक, माछापुच्छ«े बैंक र कुमारी बैंकका लगानीकर्ताले सर्वाधिक करोबार गरेका छन् भने स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसको सेयरमा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएका छन् । त्यस्तै, नेपाल एसबीआई बैंक, सवदेसी लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक, अरुन काबेली पावर कम्पनी, नबिल बैंकको प्रमोटर सेयर, एभरेस्ट बैंक, नबिल बैंक, बैंक अफ काठमाडौंलगायतका कम्पनीले पनि राम्रै व्यापार गरेका छन् ।

समग्र बजारमा वृद्धि भइरहँदा बेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले भने ४ दशमलव ६६ प्रतिशतले गुमाएका छन् । त्यस्तै, नेपाल सेवा लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, नबिल इक्युटी फन्ड, नेपाल हाइड्रो डेभलोपर, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, जनउत्थान सामुदायिक लघुवित्त, सगरमाथा इन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रो पावरका लगानीकर्ताले पनि गुमाएका छन् ।त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचकमा ७ दशमलव ८४ अंकले वृद्धि भई आइतबार २७३ दशमलव ४१ बिन्दुमा पुगेको छ । आजको राजधानीमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here