सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबान मारिए

अफगानिस्तान,१० जेठ  । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ ।

यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले जानकारी दिनुभएको छ ।

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ ।

झडपको क्रममा ११ जना आतङ्ककारी मारिएका र अरु घाइते भएका अफगान गृह प्रशासनले पनि एक विज्ञिप्तमार्फत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here