सेनाको चुनावी सुरक्षा तयारी, स्थलगत देखि हवाई गस्ती सम्म

काठमाडौं,४ मंसिर– नेपाली सेनाले निर्वाचन विरोधी गतिविधि हुन नदिन स्थल तथा हवाई गस्ती सुरु गर्ने योजना अघि सारेको छ ।
देशका विभिन्न भागमा उम्मेदवारलाई लक्षित गरी बम विष्फोट भइरहेका बेला प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचनविरोधी गतिविधि हुन नदिन सेना सचेत रहेको बताउनुभएको छ । प्रधानसेनापति क्षत्रीले बम विष्फोट लगायतका घटना हुन नदिन सेनाले स्थलगत र हवाई गस्ती गर्ने बताउनुभयो ।
निर्वाचन बिथोलिने अवस्था आए त्यसलाई नियन्त्रण गर्ने अन्तिम शक्तिको रुपमा सेना परिचालन गर्ने व्यवस्था गरिएको छ । प्रधानसेनापति क्षेत्रीले निर्वाचनमा आफूले पाएको जिम्मेवारी पूरा गर्न सेना सचेत रहेको दावी गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here