सुरुभयो दशैकालागि अग्रिम टिकट बुकिङ

काठमाडौं, २७ भदौं– दसैँका लागि उपत्यकाबाट आ–आफ्नो घर जाने सर्वसाधारणका लागि आजबाट सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ ।
भदौ २२ गतेबाट खुला गर्ने भनिए पनि यातायात व्यवसायीको असहमतिका कारण खुल्न सकेको थिएन्, तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यातायात व्यवस्था विभाग र व्यवसायीलाई बोलाएर तत्काल टिकट बुकिङ खुला गर्न निर्देशन दिएपछि व्यवसायी तयार भएका हुन् ।
हालका लागि बसको क्यारियर (छत) मा यात्रुका सामान राख्न पाउने भएपछि व्यवसायी अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन् ।

भाडा समायोजनको मागप्रति कार्यदलले काम अघि बढाइरहेको र क्यारियर राख्न पाउने अवस्था भएकाले व्यवसायी तयार भएको महासङ्घले जनाएको छ ।
आजबाट देशका विभिन्न क्षेत्रमा जानका लागि गौशला, नयाँबसपार्क, सुन्धारा, बालाजु, कोटेश्वर, कलङ्कीलगायतका स्थानबाट अग्रिम टिकट बुकिङ खुला हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here