सुरक्षा परिषद्सम्बन्धी विधेयक हुबहु पास हुदैनः नेता खाँड

बुटवल,९ चैत । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांणले सरकारले ल्याएको राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक हुबहु पास हुन नदिने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सेनालाई आफू अनुकुल परिचालन गर्ने गरी विधेयक आएको भन्दै काँग्रेसले स्वीकार्य नगर्ने दावी गर्नुभयो ।

पूर्व रक्षामन्त्री समेत रहनुभएको खाँणले राष्ट्रिय अखण्डता र स्वाधिनता जोगाउन महत्वपूर्ण योगदान गरेको नेपाली सेनालाई कमजोर पार्न खोजिए सदन र सडकबाट एकैसाथ आन्दोलन गर्ने बताउनुभयो ।

उहाँले सीके राउतसँग सरकारले अत्यन्तै गैरजिम्मेबार ढगंबाट सम्झौता गरेको दावी गर्नुभयो । साथै विप्लव समूहमाथि प्रतिबन्ध लगाएर मुठभेड निम्त्याएको टिप्पणी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here