सुरक्षा चुनौती भन्दै प्रशासनले रोक्यो चुनावी सभा

नुवाकोट,७ मंसिर– नुवाकोट प्रशासनले सुरक्षा अस्वस्था देखाउँदै चुनावी सभा रोकेको छ ।  नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पर्ने लिखु गाउँपालिका स्थित ढिकुरे बजारमा आयोजित चुनावी सभा स्थानीय प्रशासनले रोकेको छ ।

ढिकुरेमा आज वाम गठबन्धन र नेपाली कांग्रेसले नजिक नजिकै सभाको आयोजना गरेपछि हुन सक्ने सम्भावित घटनालाई मध्य नगर गर्दै स्थानीय प्रशासनले रोक लगाएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सो क्षेत्रमा बिहान बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सो क्षेत्रमा कुनै सभा गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here