सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नेः गृहमन्त्री थापा

काठमाडौं,१० बैशाख । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा क्षेत्रमा सरकारले बजेट वृद्धि गर्नुपर्ने बताउनुभयो । आर्थिक वर्ष २०७६÷७७ को बजेटबारे गृह मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षा क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री थापाले गृह मन्त्रालयमा यो वर्ष बजेट घटाएको सुनिएको बताउँदै घटाउनभन्दा बढाउनका लागि अर्थ मन्त्रालयले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । नयाँ बजेटमा प्रहरीलाई आधुनिकीकरण गर्न तथा स्रोतसाधन सम्पन्न बनाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

गृहसचिव प्रेमबहादुर राईले गृहका लागि परम्परावादीभन्दा नयाँ ढाँचाको बजेट बनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले खर्च गर्न सक्ने काममा मात्रै बजेट माग गर्न र आएको बजेट सक्नेगरी काम गर्न निर्देशन दिनुभयो ।

बैठकमा गृह मन्त्रालयअन्तर्गत नीति योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायले आफ्नो बजेटमागबारे जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here