सुरक्षामा जनताका पहुँच पुग्ने:मुख्यमन्त्री शेरधन राई

विराटनगर, २९ फागुन: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुरक्षामा जनताको पहुँच पु¥याउन सुरक्षा निकायलाई साधन र स्रोतले बलियो बनाउनुपर्ने बताउनु भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा प्रदेश नं १ प्रहरी कार्यालय भवनको आज शिलान्यास तथा सवारी साधन परिचालन शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई समयसापेक्ष बनाउन प्रदेश सरकारले थप साधन र स्रोत उलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले जनतालाई ‘प्रहरी हाम्रा साथी हुन्’ अनुभूति दिलाउन प्रहरी सङ्गठनलाई सुदृढ गर्दै लैजाने भन्दै प्रदेशलाई अपराधमुक्त बनाउने प्रदेश सरकारले सङ्कल्प लिएको छ भन्नुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रहरी सङ्गठनलाई प्रदेश सरकारले आधुनिकीकरण र समयानुकूल बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले सडक सुरक्षा र यातायात व्यवस्थापनका लागि योजनाबद्ध रुपमा अघि बढिरहेको छ भन्दै प्रदेशमा ६५ किमी सडकलाई सुरक्षित गर्ने कार्य प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश प्रहरीलाई बलियो बनाउन २०० मोटर साइकल र १५ थान पिकअप भ्यान उलब्ध गराइसकेको बताउँदै १४ वटै जिल्लामा दुई हजार विद्यालयमा दुव्र्यसनीविरुद्ध अभियान सञ्चालन गर्न सगरमाथा पिस क्लब गठन गरेको जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अब कसैले पनि अनाहकमा प्रहरीले दुःख दिएको वा खराब आचरण देखाएको सुन्नु नपर्ने भन्दै प्रहरीलाई दक्ष एवं सक्षम बनाउन प्रदेश सरकारले प्रहरी सङ्गठनमा दिएको योगदानको सराहना गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here