भीम नेपाली,प्रयाग गुप्ता
नेपालगन्ज(बाँके),१४ चैत्र
नागरिक समाजको तर्फबाट युबराज सिंह ठकुरी , प्रबिन मल्ल , डा सलमान मन्सुरी र ईन्जिनियर किस्मत सिंह थारुले दिन, रात देश र जनताको लागि सुरक्षामा खटिरहने सुरक्षाकर्मिहरुलाई समोसा,मिनिरल पानी र सजिकल पन्जा लगायतका खाद्य तथा स्वास्थ सुरक्षा सामग्री आफ्नै लगानीमा वितरण गरेका हुन। नेपालगन्ज उपमहानगरपालिकाको राझा चोक बाट जमुनाह चोक सम्म नेपाल प्रहरी ,ट्राफिक प्रहरी लाई लक्ष्य गरी कार्यक्रम गरिएको थियो।आगामी दिनहरुमा अझ थप कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेको युव राज सिंह ठकुरीले बताए।

