सुन तस्करी प्रकरणः पाँच जनाको बयान सकियो, एकको आइतबार

विराटनगर, २१ वैशाख– जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याका सम्बन्धमा आज पाँच जनासँग बयान लिइएको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान सकिएको र एक जनाको आइतबार बयान लिइने स्रेस्तेदार नवराज दुलालले बताउनुभयो । आज बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले छन् ।

निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । घटनामा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएकामध्ये छ जनाको बयान बिहीबारदेखि शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here