सुन तस्करीको ट्रान्जिट प्वाईन्ट ‘मालागढी’

काठमाडाैं,२५ मंसिर । तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन ।

सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो । चीनको केरुङबाट मालगाडीसम्म आईपुगेको सुन बोकेर उनी काठमाडौं जान लागेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here