काठमाडौं,१३ वैशाख । सुन तस्करीका नाइके गोरे खोज्न प्रहरीले इन्टरपोल गुहार्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिन लागेको हो ।
शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु रहेका छन् । समाचारपत्र दैनिकमा समाचार छ ।

