सुन तस्करीका अभियुक्त एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान

काठमाडौं,१७ जेठःसुन तस्करीका अभियुक्त एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् । तस्करीमा संलग्नता देखिएको भन्दै जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले खत्रीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

अदालतको आदेश लगतै खत्रीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भएको बयानमा खत्रीले हराएको भनिएको साढे ३३ किलो सुन तस्करीमा संलग्न नरहेको दाबी गरेका छन् । दुई महिना देखि फरार एसएसपी खत्रीले जिल्ला अदालतसमक्ष आज बिहान आत्मसर्पण गरेका थिए ।

बयानका क्रममा उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने पुष्टि नहुने समेत बताएका छन् । यद्यपि, बयानका क्रममा खत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहँदा एक किलो सुन विमानस्थलबाट पास गराउँदा ५० हजार रुपैयासम्म लिएको स्वीकारेको स्रोतले जनाएको छ ।  बयान सकिएपछि सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले र खत्रीका तर्फबाट कानून ब्यवसायी हेमराज पन्तले प्रत्युत्तर बहस गर्नुभएको थियो ।

गत फागुन ९ गते दुबईबाट आएको साढे ३३ किलो तस्करीको सुन हराएपछि मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती समूहलेरसुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो । सो प्रकरणमा उच्च प्रहरी अधिकारी र गोरे सहित २९ जना पूर्पक्षका लागि यसअघिनै पुर्पक्षका लागि जेल चलान भइसकेका छन् । गोरेले सुन तस्करीमा उच्च प्रहरी अधिकारीको सेटिङबारे एसएसपी खत्रीलाई थाहा भएको बताएका थिए ।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको थियो ।  २०७३ पुस २१ गते केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीले बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा समेत एसएसपी खत्री पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौँले खत्रीलाई धरौटीमा रिहा गरेको थियो ।

धरौटीमा रिहा भए लगतै खत्री प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा हाजिर गराईएको थियो । गत बर्षको फागुन ९ गते त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएपछि पुनस् खत्रीलाई गृहमन्त्रालयले गठन गरेको विशेष अनुसन्धान समितिले बयानको लागि पत्र काटे लगत्तै फरार थिए ।  news by ekantipur

http://bit.ly/2J4YnMQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here