सुनुवाई समितिको बैठक बस्दै, जोशीबारे विवाद बढ्दै गएपछि नेकपाद्धारा स्वेच्छिक राजिनामाको अपेक्षा

काठमाडौं,१६ साउनःप्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई समितिको बैठक आज पनि वस्दैछ । सिंहदरवारमा अपरान्ह साढे ३ बजे बैठक बस्दैछ ।

संसदीय सुनुवाईका क्रममा चारित्रिक प्रमाणपत्र र न्यायालयमा रहँदा गरेको निर्णय विवादास्पद बनेपछि जोशीको पक्षमा निर्णय आउने सम्भावना कम छ ।

सुनुवाई समितिमा दुई तिहाई बहुमत रहेको सत्तारुढ नेकपाले जोशीलाई अस्वीकार गर्ने अडान लिएको छ । सुनुवाई समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘जोशीको सुनुवाईका क्रममा उठेका बिषय र उहाँले पेश गरेका प्रमाणपत्र हेर्दा उहाँलाई स्वीकार्ने सम्भावना निकै कम छ ।

छानविन उपसमिति बनाउनु पर्ने अबस्था आयो भने थप समस्या निम्तन सक्छ ।’  भावी प्रधानन्यायाधीशमा प्रस्तावित जोशीबारे विवाद बढ्दै गएपछि नेकपाले जोशीको स्वेच्छिक राजिनामाको अपेक्षा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here