सुनसरी क्षेत्र नं ३ को मतगणना अझै सुरु भएन

काठमाडौं,२६ मंसिर– सुनसरी क्षेत्र नं ३ को मतगणना अझै सुरु हुन सकेको छैन् । गएराति मतगणना सुचारू गर्ने बिषयमा भएको छलफलबाट केही सहमति नबनेपछि मतगणना सुरु हुन नसकेको हो ।

अर्धकट्टीसहित भेटिएको ९ वटा मत बदर हुनुपर्ने नभए पुनः विवाद भएको स्थानमा मतदान हुनुपर्ने एमालेकी उम्मेदवार भगवती चौधरीको माग रहेको छ ।

यता कांग्रेसका उमेदवार बिजयकुमार गच्छदारले भने आफु हार्ने डरले भगवतीले मतगणना रोकेर मतगणना प्रभावित पार्न खोजेको बताउनु भएको छ । गच्छदारले चाँडै रोकिएको मतगणना सुरु गर्नुपर्ने माग राख्नुभएको छ । रोकिएको मतगणना सुचारू गर्ने बिषयमा अहिलकेहीबेरमो दुवै दलका प्रतिनिधि पुनः छलफलमा बस्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here