सुनसरीको देवानगञ्जमा गोली चल्यो

काठमाडौँ, १ भदौ:सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ। मध्यहर्षाही १ मा छिमेकीसँगको विदविवादपश्चात् गोली चलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

छिमेकीसँगको विवादका क्रममा श्रीकान्त शर्माले गोली चलाएको स्थानीयको भनाइ छ। घटनाको सूचनाका आधारमा प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले शर्मालाई दुई राउण्ड गोलीसहित पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको संयुक्त टोलीले शर्मालाई एक राउण्ड एसएलआर र एक राउण्ड थ्रिनट थ्री राइफलको गोली सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डियसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए। घटनामा गोली चले नचलेको र थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here