सुनचाँदी व्यवसायीको हत्या

सर्लाही,२५ असोज– सर्लाहीमा गोली हानी एक जना सुनचाँदी व्यवसायीको हत्या भएको छ । हरिपुर नगरपालिकाको पिडारीबाट पसल बन्द गरेर घर फर्कदै गरेका कविलासी गाउँपालिका–३ पिपरियाका २७ वर्षिय व्यवसायी सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

हिजो साँझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३÷४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन(चाँदी लुट्न खोज्दै गोली हानी हत्या गरेको मृतकका बुबा नागेन्दर साहले  बताउनुभयो ।
गोली लागेर गम्भीर घाईते भएका साहलाई जिल्ला अस्पताल पु¥याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मसाउद आलम खाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here