सुनको भाउ घट्यो

काठमाडौं,२ जेठ । बुधबार सुनको मुल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । बुधबार छापावाला सुनको मूल्य ५८ हजार ७०० रुपैयाँ रहेको छ ।त्यस्तै, तेजावी सुन बुधबार ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारको तुलनामा तेजावी सुनको मुल्य पनि ५ सय रुपैयाँले घटेको हो ।  चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here