सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

धनगढी, १६ फागुन । सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ ।

बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १ बजे बस्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here