सुटुक्कै बोलायो एमालेले राष्ट्रिय प्रचार भेला

काठमाडौं, १४ बैशाख– स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षदल नेकपा एमालले आज राष्ट्रिय प्रचार भेलाको आयोजना गरेको छ ।

स्थानीय निकायको निर्वाचनको सन्र्दभ पारेर पार्टी कार्यालय धुम्बाराईमा आयोजित कार्यक्रममा विभिन्न नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा स्थानीय निकायको निर्वाचनलाई आफ्नो पक्षमा कसरि पार्नसकिन्छ भन्नेबारेमा नेताहरुले आफ्नो धारणा राख्ने छन् । कार्यक्रममा सबै जिल्लाका प्रतिनिधिको उपस्थित रहेको एमालेले जनाएको छ ।

भेलामा स्थानीय चुनावमा पार्टीले जारी गर्ने घोषणा पत्रकाबारेमा पनि जानकारी गराईने एमाले सचिव योगश भट्टराइले जानकारी दिनुभयो ।

केहिबेरमा सुरु हुदै कार्यक्रममा  सबै जिल्लामा प्रचार प्रसारलाई अगाडी बढाउन निर्देशन दिने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here