भक्तपुर, १८ फागुन: गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ ।
आज चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको हो ।
लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उहाँले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो ।
आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजारांै लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिनुभयो । महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको छभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार ¥यालीको समेत आयोजना गरिएको छ ।

