सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’गस्ती शुरु

कञ्चनपुर, २० जेठ । सशस्त्र प्रहरी बलले आजदेखि कञ्चनपुरको दक्षिणी भेगस्थित नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागि साताव्यापी ‘फोर्स मार्च’ गस्ती शुरु गरेको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयको नीति÷निर्देशन अनुसार यहाँको बेल्डाँडी गाउँपालिकादेखि उक्त गस्ती शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले शुरु गरेको हो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रण एवं सीमाको रेखदेखका लागि फोर्च मार्च गस्ती थालिएको बताउनुभयो ।

“उस्तै पनि सीमा क्षेत्रमा यहाँ विविध कारणले हाम्रो सहभागिता कम छ,” उहाँले भन्नुभयो– “पहुँच नभएको ठाउँमा पनि निगरानी बढाउन यो गस्ती शुरु गरिएको हो ।”

उहाँले हरेक महिना यहाँको सीमाक्षेत्रमा नियमित रुपमा गस्ती गरिने बताउनुभयो । आइतबारबाट बेल्डाँडी हुँदै नेपाल–भारत सीमा क्षेत्र गस्ती गर्र्दै कञ्चनपुरको पूर्वी सिमाना डोकेबजारसम्म पुग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here