काठमाडौं, २२ असोज– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)को बैठक आजपनि बस्दैछ बैठकमा यसै वषैदेखि पठनपाठन गर्न पाउने गरी दुई दर्जनबढी कलेजलाई ५० भन्दाबढी विषयको सम्बन्धन दिने तयारी छ ।
२०५९ देखि ०६८ सम्म आवेदन दिएका संस्थाले माग गरेका कार्यक्रमको सम्बन्धन दिन लागेको सीटीईभीटीले जनाएको छ ।
यो अवधीमा आवेदन दिएका संस्थाको पूर्वाधार पूरा भए नभएको श्रव्य र दृश्यसहितको प्रतिवेदन आएको भन्दै
सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले आजको परिषद बैठकमा यसैविषयमा छलफल हुने जानकारी दिनुभयो ।
गत शुक्रबार बसेको बैठकमा निर्णय हुन नसकेपछि बैठक आज बस्ने भएको हो ।
परिषदमा अध्यक्षसमेत रहनु भएका शिक्षामन्त्री गोपालमान श्रेष्ठले शैक्षिक सत्र सुुरु भएको एक महिनापछि सम्बन्धन दिन लाग्नु भएको हो ।

