सिसी क्यामेराको सहयोगबाट भेटियो हराएको महत्वपूर्ण कागजपत्र

उदयपुर २३ पुस – गाईघाट बजारमा एक व्यक्तिले हराएर माया मारेको महत्वपूर्ण कागजपत्र सिसी क्यामेराको सहयोगबाट भेटिएको छ ।

त्रियुगा नगरपालिका ११ स्थित गाईघाटको लक्ष्मी बैंक नजिकबाट हराएको महत्वपूर्ण कागजपत्र प्रहरीले सिसी क्यामेराको सहयोगबाट फेला पारेको हो । त्रियुगा नगरपालिका ११ बस्ने नरबहादुर कार्कीको महत्वपूर्ण कागजातसहितको झोला टेम्पोमा छुटेर शनिबार हराएको थियो । कार्कीले टेम्पो नम्बर र चालकको सम्पर्क नम्बर थाहा नपाएपछि प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

प्रहरीले बजार क्षेत्रको बैंक रोडमा राखिएको सिसी क्यामेराको सहयोगबाट फेला पारी कार्कीलाई जिम्मा लगाएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताउनुभयो । ‘बजार क्षेत्रमा हुने घटनालाई अहिले प्रहरीले सिसी क्यामेरा मार्फत निगरानी बढाएको छ’, उहाँले भन्नुभयो, ‘बजारमा हुने दैनिक गतिविधि जिल्ला प्रहरी कार्यालबाट निगरानी हुन्छ ।’ गाईघाट बजारमा सुरक्षा व्यवस्थालई चुस्त बनाउने उद्देश्यले सोलार बत्तीसहितको सिसी क्यामेरा (क्लोज सर्किट) जडान गर्न गरिएको छ ।

त्रियुगा नगरपालिका, जिल्ला प्रहरी कार्यालय र त्रियुगा उद्योग वाणिज्य सघंको लगानीमा सिसी क्यामेरा जडान गरिएको हो । अहिले प्रहरीलाई त्यसै सिसी क्यामेराले सहयोग पुर्‍याउदै आएको प्रहरी प्रमुख एसपी भट्टले बताउनुभयो । त्रियुगा नगरपालिका अनुसार मुख्यचोक, बैंक लाइन, पिपलचोक लगायतका मुख्य बजार क्षेत्रमा क्यामेरा जडान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here