सिसाखानी उत्खनन् शुरु

दार्चुला, १ माघ । दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ ।

सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन् शुरु गरिएको थियो । खानीबाट पाँच छ क्विन्टल बढी सिसा उत्खनन् भएपछि काम रोकिएको थियो ।

सिसाखानी उत्खनन् शुरु गरिएपछि गाउँमै रोजगारी पाउने आशा बोकेका स्थानीयवासी उत्खनन् कार्य अघि नबढेपछि अहिले कामको खोजीमा भारतीय बजार गएको स्थानीय महादेव ठगुन्नाले बताउनुभयो । खानी शुरु भएदेखि नै स्थानीय मजदुरले नै काम पाउनुपर्ने माग स्थानीयवासीले गरेका थिए ।

खानीसम्म सडक पुगेको छैन । भौगोलिक रुपमा विकट भए पनि माइन्स प्रालिले खानी उत्खनन् शुरु गरेको थियो । “सडक पहुँचबाट टाढा रहेका कारण सबै क्षेत्रमा उपकरण पु¥याएर उत्खनन् हुने अवस्था अहिले नै थिएन”, व्ल्याक हेड माइन्स प्रालिका राममणि भुसालले भन्नुभयो । थौरै प्राविधिक समस्याका कारण पनि पुनः उत्खनन् गर्न नसकेको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here