सिसडोल भरिँदा उठेन फोहोर

काठमाडौँ, ५ साउन- एक महिनादेखि उठाउन रोकिएको काठमाडौँ उपत्यकाको फोहर अझै उठ्न सकेको छैन । अहिले जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ । कालीमाटी, कलंकी, बल्खु, टेकु सीतापाइला, बालाजु चाबहिललगायत दर्जनाँै स्थानमा लामो समयदेखि थुपारिएको फोहरको कारण शहर दुर्गन्धित बनिसकेको छ ।

काठमाडौँमा मात्र होइन भक्तपुर र ललितपुरको अवस्था पनि उस्तै छ । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटस्थित सिसडोल भरिएपछि फोहर व्यवस्थापन गर्न समस्या भएको हो ।

लामो समय यसरी थुप्रिएको फोहरका कारण सर्वसाधारण र सवारीसाधनलाई आवतजावत गर्न कठिन भएको छ । हरेक दिन काठमाडौँ उपत्यका(१८ नगरपालिका) बाट दैनिक एक हजार मेट्रिक टन( काठमाडौँ महानगरपालिकाबाट ५०० मेट्रिक टनसहित) फोहर निजी र कामपाका गरी १५० गाडीमार्फत बञ्चरे डाँडामा व्यवस्थापन हँुदै आएको छ ।

कामपाका सहप्रवक्ता नवराज ढकालले भने गत मंगलबारदेखि नियमित फोहर उठिरहेको जानकारी राससलाई दिनुभयो । ढकालले नियमित फोहर उठिरहेको बताए पनि उपत्यकाका विभिन्न स्थानमा प्रशस्तै फोहरको थुप्रो देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here