सिराहको सडकबाट राप्रपा अध्यक्ष थापाले भनेः तत्काल हिन्दु राष्ट्र घोषणा गर !

काठमाडौं,१८ फागुन ।  राप्रपाले थालेको मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्राको आज चौथो दिन सिरहाको लहान पुगेको छ ।
लहानस्थित सडकमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष थापाले सनातन धर्महरु खतरामा रहेकोले धर्मनिरपेक्षता खारेजी गरी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गर्नुभयो । उहाँले अहिले अबस्थामा धर्मनिरपेक्षता खारेज हुनुपर्ने माग गर्नुभयो ।
उहाँले नेपालमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिब र बेरोजगारी समस्याको समाधान लगायतका विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउनुभयो । उहाँले सशक्त रुपमा जनदवाद सृजना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमानको यात्रा थालेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here