सिमुलेटर मेसिन बिग्रिएपछि क्यान्सका बिरामी प्रभावित

चितवन, २२ जेठ-विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा रेडियो थेरापी (सेकाई गर्ने) बिरामीको प्लानिङ गर्ने सिमुलेटर मेसिन बिग्रिएपछि क्यान्सका बिरामी प्रभावित भएका छन् ।

क्यान्सरका बिरामीलाई रेडियो थेरापी गर्नुपूर्व प्लानिङ गर्ने उक्त मेसिन बिग्रिएपछि बिरामीले रेडियो थेरापी गर्न पाएका छैनन् । यो उपकरणले सेकाई गर्ने ठाउँको पहिचान गर्ने गर्दछ ।

अस्पतालको रेडियसन अंकोलोजी विभागले जेठ ७ गते सूचना टाँस गरी प्लानिङ गर्ने सिमुलेटर मेसिन पूर्णरुपमा बिग्रेको हुनाले नयाँ मेसिन जडान नहुञ्जेल प्लानिङ सेवा स्थगित गरिएको जनाएको छ ।

मेसिन बिग्रिएसँगै नयाँ आउने क्यान्सरका बिरामीले प्लानिङ गर्न नपाएपछि रेडियो थेरापी पनि गर्न पाएका छैनन् । पन्ध्र दिन अघिदेखि बन्द रहेको प्लानिङ सेवा सञ्चालन गर्न थप १५ दिन समय लाग्ने अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here