सिजी टेलिकमको पक्षमा जोशीले जारी गरेको अन्तरिम आदेश खारेज

कामठाडौँ, ३ माघ । सर्वोच्च अदालतले सिजी टेलिकमको विषयमा जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले पुस १० गते जारी गरेको अन्तरिम आदेश आज खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले यस अघिको अन्तरिम आदेश आधार र कारण नभएको भन्दै खारेज गरेको हो ।

सर्वोच्चले उद्योगपति विनोद चौधरीको स्वामित्वमा रहेको सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो ।

नेपाल दुरसञ्चार प्राधिकरणका तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले सर्वोच्चमा भ्याकेटको निवेदन दिएका थिए । जोशीले जारी गरेको अन्तरिम आदेशलाई खारेजीको माग गर्दै प्राधिकरण सर्वोच्च पुगेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here