सिके राउतको राष्ट्रिय परिषद, प्रहरी र प्रत्रकारलाई निषेध

काठमाडौं,३ चैत । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु भएको छ ।  गठबन्धनका तर्फबाट संयोजक राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाएको नेताहरुको भनाई छ ।
बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित करिब ९० जना सहभागी हुने छन् । लहान नगरपालिका ७ स्थित मारवाडी सेवा सदनको सभाकक्षमा हुने बैठकमा सहभागी हुन राउत आज मध्यान्ह लहान आइपुग्ने कार्यक्रम छ ।
बैठकमा सहभागीलाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ । बैठकमा सहभागी हुन आउने हरेकलाई आफ्नो नागरिकता अनिवार्य गरिएको भनिए पनि त्यसको पुष्टि भने भएको छैन । प्रहरी र सञ्चारकर्मीलाई पनि बन्देज बैठक स्थलभित्र प्रहरी तथा सञ्चारकर्मीलाई पनि प्रवेश निषेध गरिएको छ । सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here