सिके राउतको अभिव्यक्तीप्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्छः सभापति देउवा

web

पोखरा,२८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतले बोलेको कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गर्नुपर्ने माग गर्नुभयो । उहाँले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको दावी गर्नुभएको छ ।

सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाको भनाई छ । नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय नहुने बताउनुभयो । उहाँले भन्नुभयोः सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा काँग्रेसले मान्दैन ।  उहाँले सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here