सिकेका कुरा जीवनमा उतारौं, सफलता मिल्छः कामपा उपप्रमुख हरिप्रभा खड्गी

काठमाडौं,१६ बैशाख— काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले आफुले जानेको कुरालाई व्यवहारमा उर्तादा सफलता मिल्ने बताउनुभएको छ ।


काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आयोजना गरेको दुई हप्ते उद्घोषण तालिमको समापन तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै उपप्रमुख खड्गीले सिकेको विषयलाई व्यवहारमा परिणत गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्थानीय तहमा काम गर्ने वातावरण विस्तारै शहज हुदै गएकाले अबको केहि समय भित्र देशमा विकासको लहर आउने बताउनुभयो ।

स्थानीय जनप्रतिनीधि गाउँको विकासकालागि मात्रै नभएको भन्दै आफ्नो वडाको स्थानीयहरुको क्षमता अभिबृद्धि गर्नुपनि भएकाले दुई हप्ते उद्घोषण तालिमले त्यसलाई सहयोग पुग्ने बताउनुभयो ।

उहाँले अहिले पनि ग्रामिन क्षेत्रमा बसोबास गर्ने महिला राजनीति तथा आर्थिक क्षेत्रमा पछाडि परेकाले त्यस्ता महिलालाई राजनीतिको मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । समाजमा हुने महिला हिंसा, महिलामाथि हुने विभेद अन्त्यकालागि स्थानीय जनप्रतिनिधीले भुमिका निभाउनु पर्ने उल्लेख गर्नुभयो ।


समापन कार्यक्रममा बोल्दै वडाका अध्यक्ष नविन मानन्धरले जनप्रतिनिधीले टोल सफा गर्ने, बाटो बनाउने, ढल निकास खोल्ने काम गर्छन् भन्दै आफ्नो टोलमा भएका समस्या जहाँको त्यहि राख्ने प्रवृतिको अन्त्य हुन आवश्यक रहेको  बताउनुभयो ।

देशमा करिब २० बर्षपछि भएको स्थानीय तहको निर्वाचनपनि चुनिएर आएका जनप्रतिनिधीले विकास मात्रै होइन आफ्नो वडामा शुसासन कायम राख्नु मुख्य जिम्मेवारी रहेकाले सबैको सहयोग र साथको आवश्यक रहेको बताउनुभयो । उहाँले सकारात्मक सोचको विकास गर्न सबैमा आग्रह गर्नुभयो ।


उहाँले दुई हप्ते उद्घोषण तालिमले सहभागीको जिवन शैली परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडाले अहिले पनि विभिन्न आय, शीप तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको र निकट भविश्यमा वडावासीका लागि अन्य महत्वपुर्ण कामहरु अघि बढाउने बताउनुभयो ।  कार्यक्रममा वडाका सचिव राजेश श्रेष्ठले वडाले गरेका रहेक कार्यक्रममा वडाबासीको सहयोग महत्वपुर्ण हुने बताउनुभयो । उहाँले यसअघिका विभिन्न कार्यक्रममा पनि स्थानीयको सहभागिता राम्रो भएकाले आगामी दिनका कार्यक्रममा सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा दुईहप्ते उद्घोषण तालिमकी संयोजक तथा वडा सदस्य कविता दास दर्नालले दुई हप्ते उद्घोषण तालिमले यस वडामा रहेका स्थानीयलाई धेरै सहयोग मिलेको बताउनुभयो । उहाँले भन्नुः हिजो हामीलाई आफ्नो परिचय दिनपनि डर लाग्यो तर आज हामी कार्यक्रम चलाउन सक्नेभएका छौं ।

 

वडामा रहेका युवाहरुको माग र आवश्यकलाई मध्यनजर राख्दै विभिन्न समस्याहरुका बीचमा आयोजना गरिएको कार्यक्रम उपलव्धी मुलक भएको बताउनुभयो । दुई हप्ते उद्घोषणका प्रशिक्षिक तथा पत्रकार सन्तोष गन्धर्वले सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभएको  थियो । बोल्ने आफैमा एक कला भएकाले कलालाई जति व्यवहारिकरुपमा अपनायो आगामी बाटो सहज हुने बताउनुभयो । अर्का प्रशिक्षक सिता भण्डारी अर्चनाले हाम्रो समाजमा अहिलेपनि आफ्ना समस्या लुकाएर राख्ने चलन यथावत रहेको भन्दै तालिमले आफ्ना समस्या सम्बन्धीत स्थानमा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


उहाँले भन्नुभयोः यो तालिममा महिला त्यमापनि गृहिनीको संख्या धेरै थियो अब महिला सधै चुलो चौखोमा मात्र सिमित होइन स्टेजमा कार्यक्रम चलाउन पछि पर्ने छैनन् । समापन कार्यक्रममा वडाका सदस्य बाबुराजा महर्जनले स्थानीय जनप्रतिनिधीमा निर्वाचीत भएर आएपछिको धेरै मध्य यो कार्यक्रम एक उपलव्धी भएको बताउनुभयो । कार्यक्रममा सहभागीको तर्फबाट बोल्ने अधिकांस सहभागीले तालिमले आत्मबल बढेको भन्दै आगामी दिनमा अबसर पाए आफ्नो क्षमता देखाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी अन्जु चौधरी पांडेले बोल्ने कलाको विकास हुन आफैमा सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागी महेश्वर जोशीले उद्घोषण तालीमले जीवनमा सहजता ल्याएको बताउनुभयो । बोल्ने कला आफैमा बाच्ने कलाको विकास हुनु भन्ने सिपको विकास भएको बताउनुभयो । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै रुकेश थापाले तालीमका जानेका कुरा व्यवहारमा लागु गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले यस्ता कार्यक्रमले युवाहरुको नेतृत्व विकास गर्न महत्वपुर्ण सहयोग गर्ने भन्दै वडाले आगामी दिनमा यस्ता कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्का सहभागी अंकिता श्रेष्ठले उद्घोषण तालीमले आफुमा धेरै परिवर्तन ल्याएको भन्दै युवाहरुमा यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीको तर्फबाट सुभद्रा शाहीले कविता बाचन गर्नुभएको थियो । समापन कार्यक्रममा तालीममा सहभागी नविन कनोजियाले फोटो खिचेर सहयोग गर्नुभएको थियो । तालीममा करिब ३१ जनाको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here