सिईओमा नियुक्त भुसाल आजदेखि कार्यालयमा

काठमाडौं,७ कार्तिक–पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख सिईओमा नियुक्त भएका युवराज भुसालले आजदेखि कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

निवर्तमान सिईओ गोविन्दराज पोखरेल प्युठानमा कंग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेर राजीनामा दिएपछि मन्त्रीपरिषदको हिजोको बैठकले भुसाललाई नियुक्त गरेको थियो ।

नवनियुक्त सिईओ भुसाल आजैदेखि कार्यभार सम्हाल्नेगरि आउन लाग्नुुभएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

विनासकारी भूकम्प गएको साढे २ वर्ष भईसक्दा जम्मा ८ प्रतिशत भुकम्पपीडितले मात्रै घर निर्माण सम्पन्न गरेका छन् ।

चरम राजनीतिक चलखेलमा परेको प्राधिकरणमा अहिलेसम्म ४ जना कार्यकारी प्रमुख पविरवर्तन भएका छन् ।

७ लाख ६७ हजार पीडित मध्ये ६२ हजार हाराहारीले मात्रै घर निर्माण गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here