सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउनेः मन्त्री पोखरेल

काठमाडौं,११ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने तयारी गरेको बताउनुभयो । उहाँले २०७६ देखि २०८५ सम्मलाई सार्वजनिक विद्यालय रुपान्तरण दशक मनाउने बताउनुभयो ।

मन्त्रालयले आज भक्तपुरको बोडेमा आयोजना गरेको सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले सार्वजनिक विद्यालयको जिम्मेवारी स्थानीय सरकारलाई दिएकाले त्यसका लागि प्रदेश र संघीय सरकारले सहयोग र समन्वय मात्रै गर्ने बताउनुभयो ।

सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि तीनवटै तहको सरकार, अभिभावक, शिक्षक, व्यबस्थापक, गैरसरकारी संघसंस्था लगायत सबैको सहयोग आवश्यक रहेको औंल्याउँदै सरकारले एक विद्यालय एक बालविकास केन्द्रको अवधारणा ल्याएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here