सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण-ईश्वर पोखरेल

काठमाडौँ, २७ फागुन-रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा सुरक्षा गर्ने काम चुनौतीपूर्ण भएकाले महानगरको प्राथमिक योजनामा हुनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा वडा नंं ४ स्थित शंखपार्कको प्रस्तावित गुरुयोजनाबारे छलफल कार्यक्रममा उहाँले स्थानीयवासीको चासोलाई ध्यानमा राखी शंखपार्कलाई बहुविशेषतायुक्त बनाइनुपर्ने बताउनुभयो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ निर्माण गर्ने र टिकाउने योजना लिएर कामपा अघि बढेको भन्दै सार्वजनिक जग्गा संरक्षण गर्नु सबैको समान दायित्व रहेको बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पार्कलाई अत्याधुनिक बनाउन उपकरणसहितको खुल्ला जिम र साइकल ट्र्याक बनाउन सुझाव दिनुभयो ।

कामपा वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले पार्कको प्रयोग गर्दा हल्ला भयो भन्ने छिमेकीबाट उजुरी आएको कुरा उल्लेख गर्दै, शहरी आचरण मापदण्ड र यसको पालनामा आफूले काम गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here