सार्क विकल्प होइन अनिवार्य आवश्यकताः: प्रधानमन्त्री ओली

file photo

काठमाडाैं,२२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क विकल्प नभई अनिवार्य आवश्यकता भएको बताउनुभयाे ।

सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै दक्षिण एसियामा सार्क अनिवार्य आवश्यकता भएकाले यसलाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्नुपर्ने बताउनुभयाे ।

सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अति महत्वपूर्ण भएकोले सदस्य राष्ट्रबीचको असमझदारी एवं तीक्ततालाई अन्त्य गरी मार्ग प्रशस्त गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सार्कको बडापत्रले आर्थिक समृद्धिदेखि सामजिक–सांस्कृतिक विकास, सदस्य राष्ट्रको साझा लाभ र हितजस्ता महत्वपूर्ण उद्देश्यलाई सम्मिलित गराएको बताउँदै उहाँले त्यसका सिद्धान्तले दक्षिण एशियामा क्षेत्रीय सहयोगका निम्ति सुदृढ आधार खडा गरेको उल्लेख गर्नुभएको छ ।

वर्तमान विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउादै प्रधानमन्त्री ओलीले तिनलाई नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास अपरिहार्य भएका बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here