सार्क मुलुकमा सूचना, सञ्चार र प्रविधिको आदानप्रदानबारे छलफल

काठमाडौँ, ९ जेठ– सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा भएको भेटका क्रममा सार्क मुलुकमा सूचना, सञ्चार र प्रविधिको आदानप्रदानबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा सञ्चार राज्यमन्त्री बाँस्कोटाले दक्षिण एसियाली मुकुकको समग्र विकासका लागि सार्कलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

महासचिव सियालले नेपालमा संविधान जारीसँगै तीनै तहको निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल निर्माण योजनालाई सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here