सारंगी हाम्रो राष्ट्रिय बाजा हो,नयाँ पुस्ताले यसलाई माया मारेः बरिष्ट सारङ्गी बादक श्याम नेपाली

तपाईं कसरी सारंगी वादक बन्न पुग्नुभयो ?

म परिवारकै कारण सारंगीवादक बन्न पुगें । हाम्रो परिवारको पाँच पुस्ताले सारंगी बजायो ।

तपाईंले सारंगीवादनमै ३ दशक बिताइसक्नु भयो, कस्तो अनुभव भइरहेछ ?
मेरो अनुभव विशेष छ । सारंगी हाम्रो राष्ट्रिय बाजा हो । यसले हाम्रो मौलिकता बोकेको छ । यसलाई सबैले माया गनुपर्छ ।

हामी अरुको बाजामा लालायित छौं । हाम्रो नयाँ पुस्ताले यसलाई माया मारे जस्तो देखिन्छ । त्यसैले मैले यसलाई सुरुवात गरेको थिएँ ।

नयाँ पुस्ता समक्ष पु¥याउन लागिपरें । केही ब्यान्ड जस्तैः कुटुम्बले पनि मैले नै कुरा गरेर सुरुवात गरे, मन्त्र, सक्षम आदि ब्यान्डहरुको पनि मसँग पनि सम्बन्ध छ । त्यस्तै पोखरामा झलकमान गन्धर्बका नातिनातिनीहरुको ब्यान्ड मैले बनाएको छु ।

जुन ब्यान्डले एकदमै राम्रो संगीत बजाउँछ । यदि हामीले मौलिकतालाई बिर्सेनौं र यसलाई महत्व दिएर लागि प¥यौं भने यहाँ ठूलो भविश्य छ । म यसमा धेरै आशावादि छु ।

भर्खरै अमेरिका पुगेर फर्कनुभयो, त्यहाँको माहौल कस्तो रहेछ ?

नेपाली कला, संस्कृतिलाई जोगाउने र अर्को पुस्तामा हस्तान्तरण गराउनु यसको उद्देश्य हो । यसमा हामी निकै सफल भएका छौं ।

नेपाली बाजाको प्रवद्र्धन नेपाली माझमा मात्र गर्नुभएको छ कि विदेशीसम्म पनि पु¥याउनु भएको छ ।
हो, सारंगीलाई हाम्रो समाजमा मात्रै सिमित नराखिकन मैले त्यहाँका विभिन्न युनिभर्सिटीमा पनि वर्कसप गर्र्दैछु । न्यु ह्यामसायरको कंकड कलेजमा सारंगीको बारेमा प्रचार गरें । गन्धर्ब संगीतका किन महत्वपूर्ण छ त्यो कुरा भनेको छु । हाम्रा गाथाहरु भनेको छु । कहिँकहिँ संगीतकर्मीहरुसँग पनि सहकार्य गर्छु । विभिन्न ठाउँमा विभिन्न प्रस्तुती गरेको छु ।

बोस्टनमा खोल्नुभएको स्कुललाई अन्य ठाउँमा पनि विस्तार गर्ने सोच छ कि ?

मेरो इच्छा त अन्य ठाउँमा पनि विस्तार गर्ने छ । कसैले नेपाली संगीतमा विद्यावारिधी गर्न चाह्यो भने त्यो स्थान पनि होस् भन्ने म चाहन्छु । नेपाली संगीत संसारभर फैलियोस् भन्ने म चाहन्छु ।

सारंगीवादनका क्रममा कत्तिका अप्ठ्यारा आइपरे ?
सुरुसुरुमा निकै गाह्रो भयो । मलाई कुनै सरकारले गर भनेको हैन म आफैंले गरेको हो । नेपाल सरकारले पनि कत्ति पनि वास्ता गरेको छैन यसमा ।

फलेको आँप खान पो सजिलो छ, तर त्यसलाई रोपेर हेरचाह गर्न पो गाह्रो छ । नेपालमा सारंगीलाई हेर्ने नजर नै फरक थियो ।  त्यसलाई नेपालको बाजा हो यसको संरक्षण गर्नुपर्छ भन्ने कसैको ध्यान गएको थिएन । तर, अहिले यो विस्तारै पपुलर हुन थालेको छ । विभिन्न ठाउँमा मैले बजाएँ । थुप्रै सारंगीवादकहरु हुनुहुन्छ । झलकमान गन्धर्ब, रामशरण नेपाली लयायत थुप्रै बादकहरुले सारंगीको महिमा फैलाउनुभयो । उहाँहरुका कारणले पनि यो चर्चित हुन पुग्यो ।

सारंगी जस्ता पुराना नेपाली बाजाहरुको संरक्षण नेपाल सरकारले के सहयोग गरोस् भन्न चाहनुहुन्छ ?
हामी गीतार बोक्न गर्व गर्छौं तर सारंगी बोकेर हिँड्न लाज मान्छौं । सरकारले चाहेमा विश्वभर नेपाली संगीत पैmलाउन सकिन्छ । सारंगीको फ्याक्ट्री खोलिदिनु पर्छ ।

सारंगीका धुनले के बोलेको हुन्छ ?
संगीतको कुनै भाषा हुँदैन । संगीतले बोल्ने भाषा दुःखको पनि हुन सक्छ सुखको पनि हुन सक्छ ।

विगतमा जातीयताको चपेटामा परेको सारंगी हाल सबैको साझा बन्न पुगेको छ, यसको कारण के होला जस्तो तपाईंलाई लाग्छ ?
यो आफ्नै मात्तृत्व बोकेको बाजा हो । यो गन्धर्बको मात्रै बाजा होइन । यो सम्पूर्ण नेपालीको बाजा हो । त्यसलाई सबैले मनन गरेका छन् । त्यसमा मलाई एकदमै खुसी लाग्छ । यो कसैले बजाउने कसैले नबजाउने भन्ने छैन । यो देशको सम्पूर्ण बाजा सम्पूर्णले बजाउने हक छ । मसँग जापान, स्वीजरल्यान्डका विद्यार्थी छन्, जसने नेपाली बाजा बजाएको छन् । त्यसैले सम्पूर्ण नेपालीले सारंगी बजाउन सक्छन् ।

सारंगीवादक नभएको भए तपाईं के हुनुहुन्थ्यो ?
सारंगीवादक नभएको भए म सायद कलाकै अरु काम गरिरहेको हुन्थें । मलाई क्रियसन गर्न मन पर्छ त्यसैले कलाकै क्षेत्रमा हुन्थें ।

आफूलाई सारंगी विनाको जीवनको कल्पना गर्न सक्नुहुन्छ ?
म सक्दिनँ । बरु म सारंगी विना अधुरो हुन्छु । मेरो चिनारी नै सारंगीवादक नै भएर होस् भन्ने चाहन्छु।

सारंगी बाहेक अन्य बाद्यवादनमा पनि रुचि छ ?
मादल, तबला, टुंना, भ्वायलिन लगायत थुप्रै बाजा बजाउँछु ।

पछिल्लो समय सारंगीको भाकामा गाइने गीतहरु हराउँदै गएका छन्, किन होला ?
एउटा त हेपिने कारणले मान्छेहरुले नगाउने भए । तर, अहिले धेरै मान्छेमा सकारात्मक सोच आएको छ । गन्धर्ब भाकाको गीत नयाँ पुस्ताले पनि गाएका छन् ।

मोर्डन कन्सेप्टमा चर्चित गायक विपुल क्षेत्रीले थुप्रै गीत गाउनु भएको छ । त्यस्तै चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाका चर्चित गीत लोक भाकामै आधारित छन् । त्यसैले हाम्रो बेस भनेको लोक नै हो । त्यसलाई बिर्सनु भनेको आफ्नो पहिचान बिर्सनु हो ।

सारंगीको भविष्य कस्तो देख्नुभएको छ ?
एकदमै उज्वल देखेको छु मैले । हामीले सारंगी बजाएर मान्छेहरुलाई भरपुर मनोरञ्जन दिन सक्छौं ।

तपाईंका भावि योजनाहरु केके छन ?
नेपालमा र विदेशमा पनि एउटा राम्रो इन्स्टिच्युट खोल्ने योजना छ । विश्वकै संगीतकारहरुसँग सहकार्य गर्न चाहन्छु । सारंगी गीतारसँग पनि बजोस्, संसारको जुनसुकै कुनाको मान्छे आएर सारंगी बजाओस् । र, सारंगीको एउटा फ्याक्ट्री खोल्ने मेरो सोच छ । आउने पुस्तामा सारंगी हस्तान्तरण होस् भन्ने मेरो चाहना छ ।

नोटः बरिष्ट सारङ्गी बादक श्याम नेपालीसंग मनोहरि पौडेलले सारङ्गी बाजा लगाएत विभिन्न सागीतिक विषयमा गरेको कुराकानीका ।
हामीले यो अन्तरवार्ता नेपालय अनलाईन पत्रिकाबाट साभार गरेका हौं । हाम्रो अनलाइन परिक्षणकालमा रहेकाले विभिन्न पत्रपत्रिका लगायत अनलाइनमा प्रकाशित खबर सम्प्रेसन गर्दै आएका छौं । अन्तरवार्ताका लागि मनोहरि पौडेललाई धन्यवाद ।

Nepalayanews.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here