साम्दोमा ९८.५९ प्रतिशत मतदान, डा.भट्टराईद्धारा अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान

गोरखा, ३१ वैशाख । तिब्बतसँग सिमाना जोडिएको उत्तरी हिमाली गाउँ साम्दो मतदान केन्द्रमा ९८.९९ प्रतिशत मत खसेको छ ।
चुमनुब्री गाउँपालिका वडा नं १ को उक्त मतदान केन्द्रमा ७१ मतदातामध्ये ७० जनाले मतदान गरेका हुन् । एक मतदाताको भने यसअघि नै मृत्यु भइसकेको थियो ।

स्थानीय शिक्षक निमादोर्जे लामाका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान बिहान ९ बजे सम्पन्न भएको थियो । यस्तै चुमनुब्री गाउँपालिकाको न्याक आधारभूत विद्यालय मतदान केन्द्रमा पनि मतदान सकिएको छ । यहाँ ७३ जना मतदाता थिए ।

एक सय चारवर्षीयद्वारा मतदान

गोरखा नगरपालिका– ११ का एक सय चारवर्षीय नन्दबहादुर पौडेलले आज भइरहेको स्थानीय तहको निर्वाचनमा चन्द्रज्योति प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । पौडेल लौरो टेकेर मतदान केन्द्रसम्म आइपुग्नुभएको स्थानीयवासी किशोरजङ्व थापाले जानकारी दिनुभयो ।

मतदान शान्तिपूर्ण

एघार वटै स्थानीय तहमा शान्तपूर्वक मतदान प्रक्रिया अघि बढिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण तवरले मतदान चलिरहेको हो । गोरखा नगरपालिका– ७ को नवज्योति मावि डण्डीडाँडा केन्द्रमा नेकपा(एमाले)र नेकपा(माओवादी केन्द्र)का कार्यकर्ताबीच सामान्य धकेलाधकेल भएको थियो ।

यस्तै गोरखा नगरपालिका– ६ स्थित सरस्वती मावि मतदान केन्द्रमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच सामान्य धकेलाधकेल भए पनि मतदान प्रक्रिया निर्बाध रुपमा चलिरहेको छ ।
डा भट्टराईद्वारा मतदान
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो गृहनगर पालुङटार– १ खोप्लाङ बेलबास पुगेर आज मतदान गर्नुभएको छ । खोप्लाङस्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट डा दभट्टराईले मतदान गर्नुभएको हो ।

यस्तै सोही मतदान केन्द्रबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि मतदान गर्नुभएको छ । काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकामा पुगेर मतदान गर्नुभयो ।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका– ८ स्थित परोपकार आदर्श मावि जौवारी केन्द्रबाट मतदान गर्नुभएको छ ।

महिला मात्रै रहेर वल्र्ड क्यापिटल मावि मतदान केन्द्र सञ्चालन गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्वक र सहज तवरले मतदात भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here