सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर आमूल रुपमा सुधार गरिनुपर्नेःउपराष्ट्रपति

काठमाडौँ, २३ माघः उपराष्ट्रपति नन्दबहादुर पुनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर आमूल रुपमा सुधार गरिनुपर्ने बताउनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा रहेको बालउद्धार माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सरकारले वार्षिक १४ हजारभन्दा बढी खर्च गर्दा पनि गुणस्तरमा सुधार हुन नसकेको बताउनुभयो ।

“वर्तमान शिक्षा प्रणालीबाट समाजमा दरार उत्पन्न भएको छ, सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आन्दोलन नै शुरु गर्नुपर्ने भएको छ, सामुदायिकको गुणस्तर खस्कँदा निजी विद्यालय फस्टाएका छन्”,  उहाँले भन्नुभयो ।

सामुदायिक विद्यालयका बारेमा अभिभावक÷जनताको चासो नहुनु, शिक्षक÷विद्यार्थी गम्भीर नहुनु र पाठ्यक्रममा सुधार नभएका कारण गुणस्तरमा ह्रास आएको उपराष्ट्रपति पुनको भनाइ थियो ।

तीनै तहको निर्वाचन भएर जनप्रतिनिधि निर्वाचित भएपछि देश समृद्धिको युगमा प्रवेश गरेको उहाँले सुनाउनुभयो ।

संविधानअनुसार शिक्षा स्थानीय सरकारको जिम्मेवारीमा रहेकाले रोजगारमूलक एवम् वैज्ञानिक प्रणालीको व्यवस्था गर्न उपराष्ट्रपति पुनले सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here