सामाजिक सञ्जालमा जथाभावी सामग्री पोस्ट नगर्न आग्रह

काठमाडौं,८ असार । प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामग्री नराख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाले आज प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी विषयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत अत्यन्तै अशिष्ट र भ्रामक सामग्री पोष्ट भइरहेको पाइएकाले त्यस्तो नगर्न सब सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा कुनै सामग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ । अशिष्ट र असभ्य भाषामा कुनै व्यक्ति, संघसंस्थाबारे आधार, प्रमाणविनाका तथ्यहीन सामग्री राख्दा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित भई सोहीअनुसार कारवाही हुने व्यवस्था रहेको अवगत गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here